कांग्रेस नेता जोशीको स्वास्थ्यमा सुधार, दायाँ भाग चल्न थाल्यो

२०७७ फाल्गुन १५ गते, शनिबार

काठमाण्डौ । कांग्रेस नेता नविन्द्रराज जोशीको स्वास्थ्यमा सुधार भएको छ । नर्भिक अस्पतालका डा.राजिव झाका अनुसार जोशीका दाहिने तिरको हातखुट्टा चल्न थालेको महशुस गरिएको छ ।
हिजो देखि स्वास्थ्यमा गम्भीर समस्या भएर अस्पताल पुर्याइएका जोशीको श्वावप्रश्वासमा सुधार आएको थियो।
जोशी प्राकृतिक रुपमा अहिले पनि कोमामै छन। जोशीलाई बिहीबार राति १२ बजेतिर बाँया शरीरमा समस्या देखिएको थियो। राति परिवारले वीर अस्पताल पुर्याइएकोमा चिकित्सकले जोशीलाई नर्भिक अस्पताल रिफर गरेका थिए ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal