जोन्सन एण्ड जोन्सनको कोरोना खोपलाई अमेरिकाले दियो स्वीकृति

२०७७ फाल्गुन १६ गते, आईतवार

काठमाण्डौ । अमेरिकाको औषधि नियामक संस्था एफडीएले जोन्सन एण्ड जोन्सनले उत्पादन गरेको कोरोना भाइरसविरुद्धको खोपलाई स्वीकृति दिएको छ । जोन्सन एण्ड जोन्सनले उत्पादन गरेको कोरोना भ्याक्सिनलाई स्वीकृति दिने अमेरिका विश्वकै पहिलो देश बनेको छ ।

अमेरिकामा फाइजर र मोर्डनको खोपपछि तेस्रो भ्याक्सिनको रुपमा जोन्सन एण्ड जोन्सनले उत्पादन गरेको भ्याक्सिनले स्वीकृति पाएको हो । यो खोप एकपटक मात्रै लगाए हुने र जुनसुकै रेफ्रिजेरेटरमा भण्डारण गरेर राख्न सकिनेछ ।

अरु खोपभन्दा जोन्सन एण्ड जोन्सनको कोरोना भ्याक्सिन सस्तो रहेको भनिएको छ तर अहिलेसम्म कोरोना खोपको मूल्यबारे भने जानकारी गराइएको छैन । अमेरिकाले यो खोपको १० करोड डोज खरिद गर्ने जनाएको छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal