राष्ट्रपतिद्वारा प्रतिनिधि सभा बैठक आह्वान, फागुन २३ गते दिउँसो ४ बजे बैठक बस्ने

२०७७ फाल्गुन १७ गते, सोमबार

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २३ गतेका लागि संसद् बैठक आह्वान गरेकी छिन। राष्ट्रपति भण्डारीले फागुन २३ गते आइतबार दिउँसो ४ बजे बस्ने गरी प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी हुन।

शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले संसद बैठक आह्वानका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । सर्वोच्च अदालतको फैसलापछि सरकारले फागुन २४ गतेसम्म संसद् अधिवेशन आह्वान गरिसक्नुपर्ने थियो ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal