नागरिकतासहित उपस्थित हुन प्रचण्ड-नेपाल समूहको सर्कुलर

२०७७ फाल्गुन १८ गते, मंगलवार

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापित गरेपछिको रणनीति बनाउन नेकपा प्रचण्ड-नेपाल समूहले केन्द्रीय समितिको बैठक बोलाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विस्थापित गरेर नयाँ सरकार गठनको गृहकार्यमा रहेको सो समूहले आफ्ना केन्द्रीय सदस्यहरुलाई नागरिकतासहित बैठकमा उपस्थित हुन निर्देशन दिएको हो ।

सोमबार नेकपाको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको सचिवालय बैठकले पछिल्ला राजनीतिक घटनाक्रमको सन्दर्भमा छलफल गर्न छिट्टै स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको छ । मेन्द्रीय कमिटीको बैठक पार्टी केन्द्रीय पेरिसडाँडामा फागुन १९ गतेका लागि बोलाइएको छ ।

सोमबारको बैठकले सक्कल नागरिकता र पार्टीको परिचयपत्रसहित अनिवार्य रुपमा उपस्थित हुन निर्देशन दिने निर्णय गरेको छ । त्यसैगरी आज (मंगलबार) पार्टी स्थायी समिति बैठक पनि बोलाएको छ । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal