ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने चालक पक्राउ

२०७७ फाल्गुन १८ गते, मंगलवार

काठमाडौं । ट्राफिक प्रहरीलाई एक सय रुपैयाँ घुस दिन खोज्ने चालक पक्राउ परेका छन् । बालाजुमा ड्युटीमा खटिएका ट्राफिक प्रहरी हवल्दार वसन्तकुमार गौतमले ना ५ ख ९१२५ नम्बरको ट्रक चालक बाराका विजय चौधरीसँग कागज पत्र माग्दा हिजो बेलुका उनले एक सय रुपैयाँ घुस दिन खोजेको ट्राफिक प्रहरीले जनाएको छ ।

उनलाई पक्राउ गरी कारबाहीका लागि प्रहरी वृत्त बालाजुमा बुझाइएको प्रहरीले जनाएको छ । यस्तै बालाजुमै ट्राफिक प्रहरी जवान विवेक नकालले ना ५ ख ६५१४ नम्बरको ट्रक चालक मकवानपुरका अनोज मोक्तानसँग कागजात माग गर्दा दुई सय रुपैयाँ घुस दिन खोजेकाले उनलाई पनि पक्राउ गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal