काठमाण्डौ उपत्यकासहित देशभर गर्मी बढ्न थाल्यो, आज देशभरको मौसम सफा रहने

२०७७ फाल्गुन १८ गते, मंगलवार

काठमाण्डौ । अहिले देशभरको मौसम सामान्यतया सफा रहेको छ । अहिले देशमा कुनै पनि उल्लेखनीय मौसमी प्रणाली नरहेकाले मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो प्रदेश १ र वाग्मती प्रदेशको उच्च पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बादल लाग्ने र बाँकी ठाउँको मौसम सफा रहने महाशाखाले जनाएको छ ।

आज बिहान काठमाण्डौको न्यूनतम तापक्रम आठ दशमलव पाँच डिग्री सेल्सियस कायम गरिएको महाशाखाले जनाएको छ । मौसम खुल्न थालेसँगै काठमाण्डौ उपत्यकासहित देशभर गर्मी बढ्न थालेको छ । हिजो काठमाण्डौको अधिकतम तापक्रम २७ दशमलव पाँच डिग्री सेल्सियस पुगेको थियो ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal