प्रधानमन्त्री ओली देश दौडाहामा, झापा र मोरङ जाँदै, पूर्वाञ्चल क्यान्सर अस्पताल र एकीकृत बस्तीको शिलान्यास गर्ने

२०७७ फाल्गुन १८ गते, मंगलवार

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली आज झापा र मोरङ जाने भएका छन । प्रधानमन्त्री ओलीले बिर्तामोडमा बी एन्ड सी अस्पतालले बनाएको अत्याधुनिक पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गर्नेछन। त्यसपछि ओली मोरङको उर्लाबारी जाने कार्यक्रम छ ।

उर्लाबारीमा सन्थाल समुदायको लागि बन्ने एकीकृत बस्तीको प्रधानमन्त्रीले शिलान्यास गर्ने कार्यक्रम रहेको छ । सन्थाल समुदायका एक सय ३६ परिवारको लागि ३० करोड रुपैयाँ लागतमा एकीकृत बस्ती बनाउने योजना छ । पछिल्लो समय प्रधानमन्त्री ओलीको देश दौडाहा तीव्र बनेको छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal