नेपाल दूरसञ्चारको साधारण सभा आह्वान, ४० प्रतिशत लाभांश वितरण गर्ने

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड ९ल्त्ऋ० ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ। कम्पनीले चैत १३ गते, त्रिभुवन आर्मी अफिसर्स क्लब, टुँडिखेलमा तेह्रौँ वार्षिक साधारण सभा बोलाएको हो।
सभाले आर्थिक वर्ष २०७६/७७ को मुनाफा रकममध्येबाट प्रतिशेयर ४० रुपैयाँ अर्थात ४० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। त्यसैगरी, सभामा सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालक सदस्यको निर्वाचन पनि गरिनेछ।
साधारण सभा प्रयोजनार्थ कम्पनीले फागुन २८ गतेदेखि चैत १३ गतेसम्म बुकक्लोज गर्नेछ। यस अनुसार फागुन २६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो सभामा सहभागिता जनाउनुका साथै कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।