प्रचण्ड–माधव पक्षले बोलायो संसदीय भेला, ओली समुहमा लागेका सांसदहरु फिर्ता आए सोझै मन्त्री

२०७७ फाल्गुन २० गते, बिहीबार

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड–माधव समूहले संसदीय दलको भेला बोलाएको छ ।सो पक्षले सबै सांसदलाई पार्टी कार्यालय पेरिसडाँडामा अनिवार्य उपस्थित हुन निर्देशन दिएको छ। देशको पछिल्लो राजनीतिक घटनाक्रमसँगै सांसदहरुले समूह बदल्ने क्रम बढेको अवस्थामा प्रचण्ड–माधव पक्षले सांसदहरुलाई बिहीबार दिउँसो १२ बजे अनिवार्य उपस्थित हुन ह्विप जारी गरेको हो।

हिजोको स्थायी कमिटी तथा केन्द्रीय कमिटी बैठकका निर्णयबारे जानकारी तथा २३ गतेको संसद बैठकमा निर्वाह गर्नुपर्ने भूमिकाबारे जानकारी दिन सांसदहरुलाई पार्टी कार्यालय बोलाइएको हो।

‘संसदीय दलमा अल्पमतमा परेपछि दाहाल-नेपाल पक्ष सांसदहरुलाई विभिन्न आश्वासन दिन बैठक बोलाएको हो । पछिल्लो पटक ओली समुहमा लागेका सांसदहरुलाई फिर्ता आए मन्त्री बनाउने सम्मको तयारी गरीएको नेकपा दाहाल-नेपाल पक्षका एक केन्द्रिय सदस्यले बताएका छन ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal