यति भए भैगो नि..! भन्दै संसद् बैठकमा नबसी बाहिरिए प्रधानमन्त्री ओली

२०७७ फाल्गुन २६ गते, बुधबार

फागुन २६, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली बुधबारको प्रतिनिधिसभा बैठकमा पनि नबसी फर्किएका छन् । संसद् भवन नयाँ बानेश्वरमा करिब १० मिनेट बसेर उनी १ बजेपछि बाहिरिएका हुन् । उनी समयमै संसद् बैठक सुरु नभएको भन्दै बाहिरिएका हुन् । बुधबार १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठकमा कार्यसूचीबारे सभामुख अग्निप्रसाद सापकोटा र दलका प्रतिनिधिबीच छलफल चलिरहेका बेला प्रधानमन्त्री बाहिरिएका हुन् ।
२३ गतेको बैठकमा पनि प्रधानमन्त्री संसद् भवन पुगेर बाहिरिएका थिए । उक्त दिनको बैठकमा करिब ४० मिनेट बसेर उनी बाहिरिएका थिए । संसद् बैठक ठिक समयमा सुरु नभएको भनेर उनी दोस्रो पटक संसद् भवनबाट बाहिरिएका हुन् । बैठक सुरु नहुँदै हिँड्नुको कारणबारे पत्रकारले राखेको जिज्ञासामा प्रधानमन्त्री ओलीले हातमात्रै हल्लाउँदै भने, ‘यति भए भैगो नि !’

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal