माओवादीमा फर्कने सम्भावना मैले देख्दिँन : लेखराज भट्ट

२०७७ फाल्गुन २६ गते, बुधबार

फागुन २६, काठमाडौं । उद्योग,वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आफू नेकपा माओवादी केन्द्रमा फर्कने सम्भावना नरहेको बताएका छन् । बुधबार नयाँ बानेश्वरस्थित संसद् भवनमा बोल्दै मन्त्री भट्टले माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपनि आफू पार्टीमा फर्कने सम्भावना न्यून रहेको बताएका हुन् ।

तपाईंको सांसद पद गएपनि एमालेमै रहनुहुन्छ भन्ने प्रश्नको जवाफ दिँदै उनले भने, “समर्थन फिर्ता लिएपनि फर्कने सम्भावना मैले देख्दिँन” । उनले एमाले र माओवादी पार्टी ब्युँतिएपछि नयाँ परिस्थितीसँग कसरी जाने भन्नेमा गृहकार्य गरिरहेको पनी बताए । मन्त्री भट्ट नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य पनि हुन् । प्रधानमन्त्री केपी शर्मा ओली गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि उनी ओली पक्षमा खुलेका थिए ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal