एमालेको नेपाल पक्षले बोलायो केन्द्रीय सदस्यको भेला, पार्टीभित्रको विमतिलाई कसरी सम्बोधन गर्ने भन्नेमा छलफल गर्ने

२०७७ फाल्गुन २६ गते, बुधबार

फागुन २६, काठमाडौं । नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले केन्द्रीय सदस्यहरुको भेला बोलाएको छ । बुधबार अपारान्ह ४ बजे बानेश्वरको एक होटलमा केन्द्रीय सदस्यहरुको भेला बोलाइएको नेपाल पक्ष एक सदस्यले जानकारी दिए । उनका अनुसार पार्टीमा अब कसरी प्रस्तुत हुने भन्ने विषयमा भेलामा छलफल हुने छ । सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि पुष्पमकल दाहालसँग नेपालसमूह छुट्टिएको थियो ।

बुधबार मात्रै संसद् भवनमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता नेपालले पार्टीभित्रको विमतिलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा विस्तृत रुपमा छलफल गर्ने बताएका थिए। ुछलफल, बहस र विवादबाटै हामी कहिल्यै पनि डराउँदैनौं । यो राजनीतिज्ञहरुको विशेषता पनि हो,ु उनले भनेका थिए ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal