बाघको आक्रमणबाट बर्दियामा एक महिलाको मृत्यु

२०७७ फाल्गुन २६ गते, बुधबार

फागुन २६, बर्दिया । बर्दियाको मधुवन नगरपालिका स्थित सम्झना सामुदायिक वनमा बुधबार दिउँसो पाटे बाघले आक्रमण गर्दा एक महिलाको मृत्यु भएको छ । घाँस काट्न गएकी मधुवन—३ कि अन्दाजी २९ वर्षीया रेनुका सुनारलाई दिउँसो करिब १ बजेर ५० मिनेटमा बाघले झम्टेर लगेको प्रहरीले जनाएको छ ।
सुनारको शव दशगजामा फेला परेको छ । सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले शव उठाएर पोस्टमार्टमका लागि गुलरिया पठाउने तयारी भइरहेको सशस्त्र प्रहरी निरीक्षक मगरले जनाए ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal