माओवादी केन्द्रको स्थायी कमिटी बैठक : संगठनात्मक संरचनाबारे गृहकार्य गर्न कार्यदल गठन

२०७७ फाल्गुन २६ गते, बुधबार

फागुन २६, काठमाडौं । नेकपा माओवादी केन्द्रले संगठनात्मक संरचनाबारे गृहकार्य गर्न कार्यदल गठन गरेको छ । बुधबार बसेको स्थायी कमिटी बैठकले चार सदस्यीय कार्यदल गठन गरेको हो । कार्यदलमा वर्षमान पुन, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल र पम्फा भुसाल सदस्य छन् ।

त्यसैगरी नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)सँग वार्ता गर्ने जिम्मेवारी पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रवक्ता नारायणकाजी श्रेष्ठलाई दिएको छ । पेरिसडाँडास्थित पार्टी मुख्यालयमा आइतबार बसेको स्थायी कमिटी बैठकले उच्चस्तरीय वार्ता गर्ने जिम्मेवारी दिएको स्थायी कमिटी सदस्य गणेश शाहले जानकारी दिए ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal