डोटीमा एमालेका २ समूहले गरे छुट्टाछुट्टै कार्यालय उद्घाटन

२०७७ फाल्गुन २६ गते, बुधबार

फागुन २६, डोटी । डोटीमा नेकपा एमालेको दुई समूहले छुट्टाछुट्टै पार्टी कार्यालय स्थापना गरेका छन। मंगलबार साविकको नेकपाको पार्टी कार्यालयमा एमालेको कार्यालय स्थापना भएको थियो । तर बुधबार अध्यक्ष केपी ओली निकट समूहले पुष्पलाल स्मृति भवनमा नेकपा एमालेको कार्यालय उद्घाटन गरीएको छ ।

बुधबार संविधान सभा सदस्य गौली ओलीले रिवन काटेर कार्यालय उद्घाटन गरिन् । कार्यक्रममा ओली समूहको नेकपाको केन्द्रीय सदस्यहरु, जिल्ला अध्यक्षलगायत नेता कार्यकर्ता सहभागी थिए । एमालेकै दुई कार्यालय स्थापना भएपछि कार्यकर्ता अन्यौलमा परेका छन् ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal