पछिल्लो २४ घण्टामा १०४ जना कोरोना संक्रमित थपिए

२०७७ फाल्गुन २६ गते, बुधबार

फागुन २६, काठमाडौं । नेपालमा पछिल्ले २४ घण्टामा थप १०४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ४ सय ८८ जनामा पिसिआर परिक्षण गर्दा १०४ जनामा कोरोना पुष्टि भएको हो। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार ९७३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ६३ जना कोरोना संक्रमणबाट संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोनाबाट संक्रमणमुक्त हुनेको संख्या २ लाख ७१ हजार ५० पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन् । हासम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार १२ पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ९११ रहेको छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal