पार्टीमा नेपाल समूहका नेताहरूलाई सम्मानजनक व्यवहार हुन्छ सुवास नेम्बाङ

२०७७ फाल्गुन २६ गते, बुधबार

फागुन २६, काठमाडौं । नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङले माधवकुमार नेपाल समूहका नेताहरूलाई सम्मानजनक व्यवहार हुने बताएका छन। प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता नेम्वाङले अरु नेताहरूलाई झैं सम्माजनक व्यवहार नै हुने बताए । उनले सर्वोच्चको फैसलापछि एमाले र माओवादी केन्द्र व्यूँतिएकाले सबै नेता हाम्रै दलको नेता भएको स्पस्ट पारे।

एमाले र माओवादी केन्द्रपछि बनेको नेपाल कम्युनिष्ट पार्टीमा एमालेका माधव नेपाल समूहका नेताहरुले माओवादी नेताको समर्थन गरेपछि ओली समूहका नेताहरुले नेपाल पक्षीय नेताहरुको कटाक्ष गर्दै आएका छन् ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal