मोदी र योसीहिदेबीच टेलिफोन वार्ता, चीनको पछिल्लो कदमका विषयमा छलफल

२०७७ फाल्गुन २६ गते, बुधबार

फागुन २६, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र जापानका प्रधानमन्त्री सुगा योसीहिदेबीच चीनको पछिल्लो कदमका विषयमा छलफल भएको छ । मंगलबार दुई देशका प्रधानमन्त्रीबीच करीब ४० मिनेट भएको टेलिफोन वार्तामा हङकङ र चीनमा रहेका उइगुर मुसलमानको वर्तमान अवस्था लगायतका विषयमा छलफल भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
भारतीय प्रधानमन्त्री मोदी र जापानका प्रधानमन्त्री योसीहिदेले दुई पक्षीय सहयोग बढाउनुका साथै क्वाड फ्रेमवर्कमार्फत हिन्द प्रशान्त क्षेत्रमा सहयोगलाई अघि बढाउने विषयमा पनि कुरकानी भएको बताइएको छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal