ह्यारी र मेगनको विषय ‘चिन्ताजनक’ भएको भन्दै राजदरबार दु:खी

२०७७ फाल्गुन २६ गते, बुधबार

फागुन २६, काठमाडौं । बेलायतका पूर्व राजकुमार ह्यारी तथा उनकी पत्नी डचिस अफ ससिक्स मेगन मार्कलले दिएको अन्तर्वार्तामा उठाइएका विषयप्रति ध्यानाकर्षण भएको बकिङ्गम राजदरबारले बताएको छ । महारानी एलिजाबेथको तर्फबाट जारी गरिएको वक्तव्यमा ओफ्रा विन्फ्रीसँगको अन्तरर्वार्ताका क्रममा जातिय प्रकृतिका प्रसंग निकै ‘चिन्ताजनक’ भएको भन्दै यो विषयलाई गम्भीरतापूर्वक लिइएको जनाइएको छ ।

शाही परिवारले अन्तर्वार्तामा उठाइएका प्रसंग पारिवारिक मामिला भएको र तिनलाई परिवारभित्र सल्टाउन दिइनुपर्ने मान्यता राखेको बताइएको छ । राजदरबारको यो पछिल्लो प्रतिक्रिया अन्तर्वार्ताले उब्जाएको संकटबारे शाही परिवारका वरिष्ठ सदस्यहरूको बैठकपछि आएको हो ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal