प्रदर्शनका क्रममा पक्राउ परेका सत्तारुढ दलका नेताको हिरासतमा मृत्यु

२०७७ फाल्गुन २६ गते, बुधबार

फागुन २६, काठमाडौं । सैन्य कू को विरोधमा जारी प्रदर्शनका क्रममा पक्राउ परेका म्यानमारका सत्तारुढ दलका नेताको हिरासतमा मृत्यु भएको छ । सुरक्षाकर्मीले अत्याधिक याताना दिँदा आङसाङ सूकीको दल नेशनल लिग फर डेमोक्रेसी ९एनएलडी०का नेता झा म्याटलिनको मृत्यु भएको हो । याङगुनबाट पक्राउ परेको केही दिनमै उनको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

विघटित संसदको माथिल्लो सदनका सांसद म्याटलिन हिरासतमा मारिने दोस्रो नेता हुन् ।
यसअघि, एनएलडीका अर्का नेता खिन मौन लाटको गत शनिबार सेनाले नियन्त्रणमा लिएपछि हिरासतमै मृत्यु भएको थियो ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal