अमेरिकी सदनबाट बाइडेनको १९ खर्ब डलरको ‘कोभिड राहत प्याकेज’ पारित

२०७७ फाल्गुन २७ गते, बिहीबार

फागुन २७, काठमाडौं । अमेरिकी कंग्रेसको तल्लो सदनले राष्ट्रपति जो बाइडनले अघि सारेको १९ खर्ब डलर बराबरको कोभिड राहत प्याकेज पारित गरेको छ । अहिलेसम्म अमेरिकाले कोभिड महामारीबाट पुनरुत्थानमा ५० खर्ब डलर खर्च गरिसकेको छ । राष्ट्रपति बाइडेनको १९ खर्ब डलरको प्याकेजले कोभिडको प्रभाव झेलिरहेका अमेरिकीहरूलाई राहत दिने बताइएको छ ।

बुधवार तल्लो सदन प्रतिनिधिसभाले यसलाई पार्टीगत बहुमतबाट पारित गरेको हो । मतदान हुँदा एकजना बाहेक सबै डेमाक्र्याट सांसदले यसको समर्थन गरेका थिए । राहातलाई रिपब्लिकन दलका सांसदहरूले भने अस्वीकार गरेका थिए । यसअघि माथिल्लो सदनले पनि यो प्याकेजलाई बहुमतबाट पारित गरेको थियो । अब यसलाई राष्ट्रपतिले हस्ताक्षर गरेपछि लागु हुनेछ । ह्वाइट हाउसका अनुसार यसमा शुक्रबार नै राष्ट्रपति बाइडेनले हस्ताक्षर गर्नेछन् ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal