ब्राजिलमा फेरि कोरोना प्रकोप, एकैदिन दुई हजारभन्दा धेरैको ज्यान गयो

२०७७ फाल्गुन २७ गते, बिहीबार

फागुन २७, काठमाडौं । ब्राजिलमा कोरोना भाइरसको सङ्क्रमण दर फेरि बढेको छ । बुधवार ब्राजिलमा कोरोना सङ्क्रमणका कारण दुई हजार दुई सय ८६ जनाको ज्यान गएको बीबीसीमा उल्लेख छ । अमेरिकापछि ब्राजिलमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या सबैभन्दा धेरै छ । कोरोनाका कारण ब्राजिलमा अहिलेसम्म दुई लाख ६८ हजार तीन सय ७० पुगेको छ ।

विशेषज्ञका अनुसार कोरोना भाइरसको नयाँ प्रकार भित्रिएसँगै सङ्क्रमण दर बढेको हो । बुधवार ब्राजिलका पूर्वराष्ट्रपति लुइज लुला द सिल्भाले वर्तमान राष्ट्रपति जेर बोलसेनारोमाथि कोरोना भाइरसलाई लिएर गरेको निर्णयलाई “बेबकुफी”को संज्ञा दिएका थिए। बुधवार राष्ट्रपति बोलसेनारो यस महिनामा पहिलो पटक मास्क लगाएको देखिएको छ । बोलसेनारोले कोरोना भाइरसलाई सामान्य रूपमा आँकलन गर्दै आएका थिए । भर्खरै मात्र उनले कोरोनालाई लिएर मानिसहरूलाई अनावश्यक हल्ला गरेको भन्दै आलोचना गरेका थिए।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal