लाइप्जिगलाई हराउँदै लिभरपुल क्वाटर फाइनलमा

२०७७ फाल्गुन २७ गते, बिहीबार

फागुन २७, काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा आरबी लाइप्जिगलाई हराउँदै लिभरपुल च्याम्पियन्स लिगको क्वाटर–फाइनलमा प्रवेश गरेको छ । अन्तिम १६–को दोस्रो लेगमा लाइप्जिगलाई दुई–शून्यले हराउँदै लिभरपुल क्वाटर फाइनल पुगेको हो । पहिलो लेगमा पनि दुई शून्यले पराजित भएको लाइप्जिग समग्रमा चार–शून्यले पराजित हुँदै च्याम्पियन्स लिगबाट बाहिरिएको हो ।
दोस्रो लेगमा लिभरपुलका लागि मोहम्मद सलाह र साडियो मानेले एक–एक गोल गरे । लिभरपुलले दुवै गोल दोस्रो हाफमा गरेको हो । सलाहले खेलको ७० औँ मिनेटमा गोल गरे भने मानेले ७४ औँ मिनेटमा गोल गरे ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal