बार्सिलोनालाई हराउँदै पीएसजी च्याम्पियन्स लिगको क्वाटर फाइनलमा

२०७७ फाल्गुन २७ गते, बिहीबार

फागुन २७, काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा बार्सिलोना क्वाटर–फाइनलमा पुग्नबाट चुकेको छ । अन्तिम–१६ को दोस्रो लेगमा पेरिस सेन्ट जर्मेइन (पीएसजी) सँग एक–एक गोलको बराबरी खेलेसँगै बार्सिलोना क्वाटर–फाइनल पुग्न सकेन । प्रि–क्वाटर फाइनलको दोस्रो लेगमा बराबरी खेले पनि समग्रमा पाँच–दुईले पराजित हुँदा बार्सिलोनाको च्यम्पियन्स लिग यात्रा रोकिएको हो । पहिलो लेगमा पीएसजीले बार्सिलोनालाई उसकै मैदानमा चार–एकले हराएको थियो ।
दोस्रो लेगमा पेरिस सेन्ट जर्मेनका लागि केलियन एम्बाप्पेले पेनाल्टीमार्फत खेलको ३० औँ मिनेटमा गोल गरे । बार्सिलोनाका लागि खेलको ३७ औँ मिनेटमा लियोनेल मेसीले गोल गरे पनि क्वाटर फाइनलमा पुग्नका लागि पर्याप्त भएन ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal