एमाले नेता नेपाल आफू निकट स्थायी कमिटी सदस्यहरुसँग छलफलमा

२०७७ फाल्गुन २७ गते, बिहीबार

फागुन २७, काठमाडौं । नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले आफू निकट स्थायी कमिटी सदस्यहरुसँग छलफलमा जुटेका छन् । बानेश्वरको अर्याल होटलमा जारी छलफलमा एमालेभित्र आफ्नो पक्षले अपनाउने रणनीतिबारे छलफल भइरहेको एक सदस्यले जानकारी दिए । स्थायी कमिटीमा नेपालको पक्षमा ११ सदस्य छन् ।

नेपालले बुधबार आफू पक्षीय केन्द्रीय सदस्यको भेला गरेका थिए । भेलाले वामपन्थी सरकारको निरन्तरता, एमाले एक ढिक्का र असहमतिका विषयमा पार्टीभित्रै संघर्षको नीतिलाई अगाडि सार्ने रणनीति निश्कर्ष निकालेको थियो । साथै एमालेलाई एकताबद्ध गर्ने निर्णायक भूमिका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीकै रहेको र विगतका सबै कुराहरुलाई बिर्सनु पर्ने निष्कर्ष पनि भेलाको थियो ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal