महाशिवरात्रिमा बिहानैदेखि पशुपतिमा लाखौँ शिवभक्तहरूको घुइँचो (फोटो फिचर)

२०७७ फाल्गुन २७ गते, बिहीबार

फागुन २७, काठमाडौं । बिहीबार शिवरात्रिको अवसरमा देशभरका शिवालयहरूमा श्रद्धालुहरूको भिड लागेको छ । यसैबीच काठमाडौंस्थित पशुपतिनाथको मन्दिरमा बिहानैदेखि शिवभक्तहरूको घुइँचो लागेको छ । यद्यपि पशुपतिनाथ मन्दिरमा यसवर्ष कोरोनाको प्रभावका कारण पोहोर सालको तुलनामा माहोल भने कम भएको छ ।

पशुपतिनाथ मन्दिरमा बिहान साढे ११ बजेसम्म करिब साढे दुई लाख दर्शनार्थीले दर्शन गरेका छन् । पशुपतिनाथ मन्दिरमा एक घण्टाभित्र दर्शन गरेर फर्कन सकिने गरी व्यवस्थापन गरिएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले जानकारी दिए । बिहान भने आधा घण्टामै दर्शन गरेर फर्कन सकिने थियो ।
बिहान १० बजेपछि भक्तजनको भीड बढ्न थालेकाले एक घण्टामा दर्शन गरेर फर्कन सकिने छ । बेलुकीसम्म करिब आठ लाख भक्तजनले पशुपतिनाथ मन्दिरमा दर्शन गर्ने अनुमान गरिएको छ । आज राति दर्शनार्थी आएसम्म मन्दिर खुला रहने जनाइएको छ ।


हेर्नुहोस केहि तस्विरहरु :

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal