जव सम्म सिमित व्यक्तिको कब्जामा पूँजी बजार रहन्छ, तव सम्म लगानिकर्ताले सम्पत्ती गुमाउने निश्चित छ

२०७७ फाल्गुन २७ गते, बिहीबार

अहिले नेपालको पूँजी बजार अत्यन्त जटिल र संबेदनशील मोडमा उभिएको छ । लगातारको उचाईले लगानीकर्ताहरुको मनोवल उच्च पारेको छ । गृहिणीहरुले आफुले बचाएर लगानी गरेको रकम, बिद्यार्थीहरुले खाजाको पैसा बचाएर लगानी गरेको पैसा, जागिरबाट मासिक रुपमा प्राप्त हुने तलब बचाएर, मजदुरले पसिना बगाएर लगानी गरेको पैसा, ब्यापारीहरुले मेहनतले कमाएको पैसा, बैंक तथा सहकारीबाट ऋण लिएर लगानी गरेको पैसा यतिबेला सेयार बजारमा छिरेको छ ।
पूँजी बजार झन् बलियो हुँदै नयाँ उचाई प्राप्त गर्दै गईरहेको बेला, नियमनकारी निकायहरुले घोषणा गरेका मुख्य कामहरु भईसक्नुपर्ने, पूँजी बजारमा लगानीको वातावरण अझै सहज बनाउनु पर्ने बेलामा नियमनकारी निकायहरु लाखौ लाख लगानीकर्ताहरुको हितमा तत्काल नयाँ कदम चाली थप हौसला प्रधान गर्न अग्रसर नहुनु चिन्ताको बिषय भएको छ ।

सेयर बजारमा गत बर्ष केहि सुधार भए पनि केही बिषय टुङ्गोमा नपुगेको र विवादका कारण अहिले बजार फेरी सकरात्मक लय गुमाउने खतरा बढेको छ । लामो विवाद र रस्साकस्सीका बीच बैंकलाई ब्रोकर लाइसेन्स दिने कुरामा सबैतिर सकारात्मक थियो । बाणिज्य बैंकलाई ब्रोकर लाईसेन्स दिँदा सात प्रदेश, ७७ जिल्लामा रहेका उनीहरुको करिब २४०० शाखामार्फत गाउँ गाउँमा सेयर कारोबारको पहुँच पुग्ने अनुमान गरीएको थियो। खाडी तथा अन्य देशमा काम गरिरहेका ४० लाख भन्दा बढी नेपाली नागरिक र गैरआवासीय नेपालीहरुले स्वदेशको पूँजी बजारमा लगानीको अवसर पाउँनेछन भन्ने विश्वास गरीएको थियो । बाणिज्य बैंकले ब्रोकर लाईसेन्स पाएको भए उनीहरुले कमाउने रकम पनि बैंकका सेयरधनीलाई लाभांशको रुपमा प्राप्त हुनजान्छ भन्ने विश्वास थियो। सेयर बजारको संख्यात्मक, गुणात्मक र दीर्घकालीन बिकास हुन्छ भन्ने विश्वास थियो ।

धितोपत्र बोर्ड र राष्ट्र बैंकले बैंकहरुलाई सहायक कम्पनी स्थापना गरेर ब्रोकर लाइसेन्स दिने निर्णय गरेपछि २०७६ श्रावण १७ गते १५ दिनको समय राखेर सहायक कम्पनी मार्फत ब्रोकर लाइसेन्स दिन आवेदन माग्यो र बैंकहरुले आवेदन दिन सुरु गरेका थिए । त्यहीबीचमा संसदको अर्थ समितिमा यस विषयमा छलफल भयो । सांसदहरूले आफ्नै किसिमले राय दिए । अर्थ समिति निचोडमा पुग्न नसकेपछि बैंकलाई ब्रोकर लाइसेन्स दिने नदिने विषयमा अध्ययन गर्न र सुझाब दिन गत श्रावण २९ गते नेकपा नेतृ रामकुमारी झाक्रीको संयोजकत्वमा उपसमिति गठन भयो र पूँजी बजार लागि गर्न पर्ने कार्यहरुको सुचीमा बिशेष गरी बैंकको सहाएक कम्पनीलाई ब्रोकर लाइसेन्स दियर स्थानिय तह सम्म दोस्रो बजार मार्फत सेयर किनबेच गर्ने सुबिधा पुर्याउनको लागि सिफारिस गरेको थियो ।

तर आज सम्म बैंकलाई ब्रोकेर लाइसेन्स दिने प्रकृया बिभिन्न शक्तीले बिचमा रोकेर राखेको छ त्यहाँ ठुलो आर्थिक चल्खेल भएको हुन सक्ने आशंका गरिएको छ । आजभोली धितोपत्र बोर्डका अध्यक्ष भिष्म ढुंगाना यो बिषय विवादित भन्दै आलटाल गरिरहेका छन । सेयर बजार बिस्तारको लागि अर्थ समितिले समेत सिफारिस गरेको प्रकृया अगाडि नवढाई आलटाल गरेको हुनाले उहाँ पनि ब्रोकेर मार्फत आर्थिक चलखेलमा परेको स्पस्ट हुन्छ । यसरी नियमक निकाय नै आर्थिक प्रभोलानमा परी सेयर बजार बिस्तारको कार्यमा बाधक हुन्छन भने सेयर बजार बाट सम्पती गुमाएर लाखौं लगानीकर्ता घरबार विहिन हुने निश्चित छ।

जम्मा ५० वटा ब्रोकेरको हातमा रहेको सेयर बजार बाट विगतमा पनि लाखौं लगानिकर्ता घरबार बिहिन भएका थिए र बैंकको सहाएयक कम्पनीलाई ब्रोकेर लाईसेन्स दिने माग उठेको थियो अनी प्रकृया धेरै अगाडि बढेको थियो । धितोपत्र बोर्डका पूर्व अध्यक्ष डा रेवत बहादुर कार्की ब्रोकर लाइसेन्स दिने पक्षमा थिए । तर अदृय शक्तीको प्रलोभनमा परी उहाँको कार्यकाल भरी अर्थ समितिले रोकेर ब्रोकेर निकट बोर्डका अध्यक्ष भिस्म ढुंगाना आए पछी मात्र सिफारिस गरेको थियो तर उनले ब्रोकेर लाइसेन्स दिने प्रकृया बिभिन्न बहाना गरी रोकेर बसेका छन । साथै लागनिकर्ताको हितको लागि स्थापना भएका संघ संगठन समेत यती धेरै महत्वपूर्ण बिषयमा आवाज उठाउने साम्रर्थ्य राख्दैनन । यसरी शुक्ष्मरुपमा अध्ययन गर्दा नेपालको पुजिबजार सिमित ब्याक्तिको हातमा रहेको हुनाले लगानिकर्ताहरुले आफ्नो सम्पत्ती गुमाउने निश्चित छ । नेपालको पूँजी बजार विकास, विस्तार र पारदर्शिताको लागि र साना तथा नयाँ लगानीकर्ताको हकहितको लागि लड्ने नयाँ संगठन अपरिहार्य रहेको छ ।

[लेखक सुधिर वस्नेत सेयार बजारका लामो समय अनुभवि लगानीकर्ता हुन ]

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal