ओलीले प्रेस स्वतन्त्रता कुण्ठित गर्ने विधेयक ल्याए : बालकृष्ण खाँण

२०७७ फाल्गुन २८ गते, शुक्रबार

फागुन २८, बुटवल । नेपाली काँग्रेसका प्रमुख सचेतक एवं केन्द्रीय सदस्य बालकृष्ण खाँणले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रेस स्वतन्त्रता कुण्ठित गर्ने गरी मिडिया काउन्सिल र सूचना प्रविधि विधेयक ल्याएको बताएका छन । शुक्रबार बुटवलमा राष्ट्रिय दलित पत्रकार संघ नेपालको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले ओलीकै पालामा प्रेस स्वतन्त्रता कुण्ठित गर्नेगरी मिडिया काउन्सिल र सूचना प्रविधि विधेयक ल्याएको स्मरण गराए ।

खाँणले सरकार मानव अधिकारको सवालमा पनि गम्भीर नरहेको उनले बताए । ‘संवैधानिक आयोगमा अध्यादेशमार्फत गरिएको नियुक्तिले ओली सरकार संविधानप्रति पनि असहिष्णु छ भन्ने पुष्टि भएको छ,’ उनले भने । संविधान च्यात्न खोज्ने आफै समाप्त हुने चेतावनी पनि उनले दिए ।

मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय सभापति गोविन्द खनालले दलित समुदाय राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक हिसाबले विभेदमा परेकाले उनीहरुलाई न्याय र अधिकार दिन राज्यले कञ्जुस्याइँ गर्न नहुने आग्रह गरे ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal