पहिलो टी-२० मा भारत इङ्ग्ल्याण्डसंग ८ विकेटले पराजीत

२०७७ फाल्गुन २९ गते, शनिबार

फागुन २९, काठमाडौं । भारतविरुद्धको पहिलो टी-२० मा इङ्ग्ल्याण्ड ८ विकेटले विजयी भएको छ । भारतले दिएको १२५ रनको लक्ष्य इङ्ग्ल्याण्डले २ विकेट गुमाएर २७ बल बाँकी छँदै पूरा गर्यो ।
योसँगै इङ्ग्ल्याण्डले पाँच टी-२० मा एक शून्यको अग्रता लिएको छ । इङ्ग्ल्याण्डलाई जिताउन जोशन रोयले ४९ रन बनाउँदा जोस बट्लरले २८ रनको योगदान गरे ।

भारतका लागि युजबेन्द्र चहल र वासिङ्गटन सुन्दरले एकरएक विकेट लिए । नरेन्द्र मोदी स्टेडियम अहमदावादमा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली भारतले निर्धारित ओभरमा ७ विकेट गुमाएर १२४ रन मात्रै बनाउन सक्यो ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal