दाङको देउखुरी दुलही पठाउन हिँडेको बस बाँकेमा दुर्घटना, ३७ जना घाइते

२०७७ फाल्गुन २९ गते, शनिबार

फागुन २९, काठमाडौं । दाङको देउखुरी दुलही पुर्‍याउन हिँडेको बाँकेको राप्ती सोनारी गाउँपालिका-३ बैसामा बस दुर्घटना भएको छ। ना ३ ख ९७५९ नम्बरको बस शुक्रबार राति दुर्घटना हुँदा ३७ जना घाइते भएको र एकजना गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।

प्रहरीका अनुसार दुर्घटनाग्रस्त बस राप्ती सोनारीबाटै दाङको देउखुरीमा दुलही पुर्याउन हिँडेको थियो । दुर्घटनामा घाइते हुने सबैको कोहोलपुर मेडिकल कलेजमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal