कोरोनाको जोखिम पुन : बढ्दै गएपछि इटालीमा सोमबारदेखि लकडाउन

२०७७ फाल्गुन २९ गते, शनिबार

फागुन २९, काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिम पुनः बढ्दै गएपछि इटालीमा सोमबारदेखि लकडाउन गरिने भएको छ । आगामी सोमबारदेखि इटालीका अधिकांश क्षेत्रका पसल, रेस्टुरेन्ट र विद्यालयहरु बन्द हुने भएका छन् । प्रधानमन्त्री मारिओ द्राघीले महामारीको नयाँ लहरको चेतावनी दिएपछि सोमबारदेखि विद्यालय, रेस्टुरेन्ट तथा पसलहरु बन्द गर्न लागिएको बीबीसीले जनाएको छ ।

इस्टरका बेला अप्रिल ३ देखि ५ सम्म पूर्णरुपमा बन्द गरिने छ । एक वर्षअघि इटालीले महामारी नियन्त्रणमा लिनका लागि पहिलोपटक देशव्यापी लकडाउन घोषणा गरेको थियो । अहिले पनि इटालीमा संक्रमण तीव्र रुपमा बढिरहेको छ । इटालीमा कोभिड–१९ बाट अहिलेसम्म एक लाख भन्दा धेरै व्यक्तिको मृत्यु भै सकेको छ । इटालीमा अहिलेसम्म झण्डै ३२ लाख मानिसमा संक्रमण पुष्टि भएको छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal