नेकपा कुर्सी र पैसाको झगडाले फुट्यो, जनतालाई धोका दियो : अध्यक्ष थापा

२०७७ फाल्गुन २९ गते, शनिबार

फागुन २९, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापाले नेकपा कुर्सी र पैसाको झगडाले फुटेको टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै थापाले चुनावमा जनताले स्थायित्व र समृद्धिको लागि कम्युनिष्टलाई मत दिएर जिताएपनि नेकपा कुर्सी र पैसाको झगडाले फुटेको भन्दै जनतालाई धोका दिएको बताएका हुन ।


उनले त्यही असफल र भ्रष्ट कम्युनिष्टसॅग मिलेर सरकार बनाउने कंग्रेसको चाहना उदेक लाग्दो रहेको कटाक्ष गरेका छन् । कम्युनिष्टसॅग मिलेर सरकार बनाउॅन अस्विकार गरी कंग्रेस नयॅा चुनावमा जानुपर्नेमा उनको जोड छ ।


2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal