मकवानपुरमा रात्रिबस र ट्रक एक आपसमा ठोक्किए, ३ जनाको मृत्यु, १० जना घाइते

२०७७ फाल्गुन २९ गते, शनिबार

फागुन २९, काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी-६ सुनाचुरीमा रात्रिबस र ट्रक एकआपसमा ठोक्किँदा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा १० जना घाइते भएका छन् । शनिबार बिहान हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको ना ४ ख ५१४९ नम्बरको बस र विपरीत दिशाबाट हेटौंडा आउँदै गरेको ना ६ ख ८९ नम्बरको ट्रक एकआपसमा ठोक्किएका हुन।

दुर्घटनामा बसका चालक वीरगञ्ज महानगरपालिका-१५ का ३५ वर्षीय मदनकुमार थापा, बसमा सवार भारत सिस्वाका अन्दाजी ४० वर्षीय अभयलाल कुश्वाह र बिहारका ४० वर्षीय सुनिलकुमार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। दुर्घटनामा बस र ट्रकका सवार घाइते १० जनाको हेटौंडामा र भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal