सरकारमा गएका मन्त्रीलाई तत्काल फिर्ता आउन माओवादी केन्द्रको निर्देशन

२०७७ फाल्गुन २९ गते, शनिबार

फागुन २९, काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले आफ्नो पार्टीबाट सरकारमा सरकारमा गएका मन्त्रीहरुलाई तत्काल फिर्ता बोलाएको छ । माओवादी केन्द्रको शनिबार पेरीस डाडामा बसेको स्थायी कमिटी बैठकले केपी शर्मा ओली नेतृत्त्वको सरकारमा केन्द्रका तर्फबाट सहभागी भएका मन्त्रीहरुलाई तत्काल फिर्ता आउन निर्देशन दिने निर्णय गरेको हो ।

गृहमन्त्री बादल, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, खानेपानीमन्त्री मणि थापा, सिँचाइमन्त्री प्रभु साह, खेलकुदमन्त्री दावा लामा र श्रम मन्त्री गौरीशंकर चौधरी सरकारमा छन् । त्यसैगरि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा रहको सरकारमा गएका मन्त्रीहरुलाई २४ घण्टाभित्र स्पष्टीकरण माग समेत गरिएको छ । बैठकले भोलि एघार बजे केन्द्रीय कमिटी बैठक पनि बोलाएको छ । बैठकले चैत २ गतेका लागि बोलाएको कार्यकर्ता भेला अर्को सूचना जारी नभएसम्मका लागि स्थागित गरेको छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal