देउवालाई पौडेलको सुझाव–‘जसरी भए पनि केपी ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुस्

२०७७ फाल्गुन २९ गते, शनिबार


फागुन २९, बागलुङ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जसरी भए पनि केपी ओलीलाई प्रधानमन्त्रीबाट हटाउन सभापति शेरबहादुर देउवालाई सुझाव दिएका छन । नेपाल प्रेस युनियन बागलुङले गरेको कार्यक्रममा बोल्दै नेता पौडलले जसरी पनि केपी ओलीलाई प्रधानमन्त्रीबाट हटाउन देउवालाई सुझाव दिएको बताए । उनले भने, ‘मेरो सभापतिलाई अहिलको परिस्थितिमा जे–जे भए पनि तपाईं प्रधानन्त्री बनेर हुन्छ वा अर्कोलाई बनाएर हुन्छ कि, जसरी हुन्छ केपीलाई हटाउनुस्, मेरो सुझाव त्यहि हो ।’

पौडेलले ओलीलाई हटाउन कांग्रेससहित माओवादी केन्द्र र जनता समाजवादी पार्टीको एकता हुने पनि जिकिर गरे। प्रधानमन्त्री ओलीलाई मुलुकप्रति कुनै माया नभएकाले जनताले लडेर ल्याएको लोकतन्त्र समाप्त पार्न उद्धत रहेको आरोप लगाए। ओलीसँग नैतिक चरित्र नभएको भन्दै पौडेलले अदालतले संसद पुनःस्थापना गर्नासाथ राजीनामा दिनु पर्नेमा अहिलेसम्म पदमा बसिरहनु लज्जास्पद भएको टिप्पणी गरे।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal