एकदलीय सर्वसत्तावाद लागू गर्न चाहाने कम्युनिष्टविरुद्ध लड्नुपर्ने बेला भयो : सभापति देउवा

२०७७ फाल्गुन २९ गते, शनिबार

फागुन २९, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्ट पार्टीविरुद्ध लड्नुपर्ने बेला भएको बताएका छन् । शनिबार नेपाली कांग्रेसको केन्द्रीय महिला विभागले आयोजना गरेको महिला भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले कम्युनिष्ट पार्टीले एकदलीय सर्वसत्तावाद लागू गर्न चाहेका कारण प्रजातन्त्रलाई स्थायी बनाउन उनीहरुविरुद्ध लड्नुपर्ने बेला आएको बताए ।

कम्युनिष्टहरू प्रजातन्त्रको खिलापमा रहेको भन्दै सभापति देउवाले नेपालमा कसैले हटाउन नसक्ने स्थायी प्रजातन्त्र स्थापना गर्नुपर्ने बताए। प्रजातन्त्र सबैभन्दा महत्वपूर्ण विषय भएको उल्लेख गर्दै देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको पार्टीलाई प्रजातान्त्रिक संस्कार नभएको आरोप लगाए। झुटा नारा दिएर, जनतालाई बहकाएर, महिलाहरूलाई बहकाएर ओली सत्तामा बसिरहन खोजेको आरोप लगाउँदै सभापति देउवाले कांग्रेसले प्रजातन्त्रलाई स्थायी बनाउनुपर्ने बेला आएको दावी गरे। कार्यक्रममा सभापति देउवाले देशको राजनीति अत्यन्तै तरल अवस्थामा रहेको पनि बताए। नेपाली कांग्रेसले लोभ र हतार गर्नु नहुने भन्दै देउवाले परिस्थिति आइप¥यो भने जिम्मेबारीबाट नभाग्ने पनि बताए।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal