सनराइज क्यापिटलको सनराइज ब्लुचिप फण्ड निष्काशन तथा बिक्री खुला

२०७७ चैत्र १ गते, आईतवार

चैत्र १, काठमाडौं । सनराइज क्यापिटलले सनराइज ब्लुचिप फण्ड निष्काशन तथा बिक्री खुला गरेको छ। क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याएको हो। निष्काशनमा ल्याइएको कुल इकाईमध्ये ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री गर्न लागेको हो। उक्त फण्डमा न्यूनतम १०० देखि एक करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था गरेको छ।

फण्डको इकाईमा चैत ४ गतेसम्म आवेदन दिन सकिनेछ। उक्त समयमा सबै इकाई बिक्री नभएको खण्डमा चैत १६ गतेसम्म आवेदन खुला रहने क्यापिटलले जनाएको छ। दश वर्ष अवधिको उक्त फण्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर वेब तथा एपबाट पनि आवेदन दिन सक्नेछन्।
सनराइज क्यापिटल सनराइज बैंकको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो। यसअघि सनराइज क्यापिटलले सनराइज फर्स्ट म्युचुअल फण्ड सञ्चालनमा ल्याएको थियो।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal