नेप्सेमा २ ओटा कम्पनीको शेयरमूल्य समायोजन

२०७७ चैत्र १ गते, आईतवार

चैत्र १, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले आइतवार २ ओटा कम्पनीको बोनस शेयरको मूल्य समायोजन गरेको छ । नेप्सेले महिला सहयात्रा लघुवित्त वित्तीय संस्था र सृजना फाइनान्सको बोनस शेयरको मूल्य समायोजन गरेको हो । यी कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनार्थ आइतवार बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो ।

नेप्सेले महिला सहयात्रा लघुवित्तको १० प्रतिशत बोनस शेयरको समायोजन पछि शेयरमूल्य रू १ हजार १४५ तोकेको छ । नेप्सेले अघिल्लो कारोबारको दिन अर्थात बिहीवार कायम अन्तिम शेयरमूल्य १ हजार २५९ को आधारमा शेयरमूल्य समायोजन गरेको हो ।
त्यस्तै, नेप्सेले सृजना फाइनान्सको १३ दशमलव ५९ प्रतिशत बोनस शेयरको समायोजन पछि शेयरमूल्य रू १८५ तोकेको छ । कम्पनीको बिहीवार रू २१० मा अन्तिम कारोबार भएको थियो ।उक्त लाभांश पारितका लागि सिर्जना फाइनान्सले पनि चैत १४ गते वार्षिक साधारण सभा बोलाएको छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal