लिग लिडर एट्लेटि मड्रिड गेटाफेसँग गोलरहित बराबरीमा रोकियो

२०७७ चैत्र १ गते, आईतवार

चैत्र १, काठमाडौं । स्पेनिस ला लिगा फुटबलको लिग लिडर एट्लेटिको मड्रिडले गेटाफेसँग गोलरहित बराबरी खेलेको छ । शनिबार राति भएको खेलमा एट्लेटिकोले गेटाफेसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो ।

शीर्ष स्थानको एट्लेटिकोले पछिल्ला पाँच खेलमा दुई खेलमा बराबरी खेलेको छ भने एक खेलमा पराजित भएको छ । बराबरीसँगै एट्लेटिकोले शीर्ष स्थानमा फराकिलो अंकको अग्रता बनाउने अवसर गुमाएको छ । लिगमा २७ खेल खेलेको एट्लेटिकोको ६३ अंक छ । दोस्रो स्थानमा रहेको रियल मड्रिडको ५७ अंक छ । गेटाफे २८ अंकसहित तालिकाको १५औँ स्थानमा छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal