पश्चिमी वायुको प्रभावका कारण आगामी ३ दिनसम्म मेघगर्जनसहित पानी पर्ने सम्भावना

२०७७ चैत्र २ गते, सोमबार

चैत्र २, काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका विभिन्न भेगमा आगामी तीन दिनसम्म बदली र वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आगामी तीन दिनसम्मको मौसम पूर्वानुमानसम्बन्धी बुलेटिन जारी गर्दै मध्य र पश्चिमी भेगमा आंशिकदेखि सामान्य बदली रहने तथा पूर्वी पहाडी, मध्य र पश्चिमी पहाडी क्षेत्रका केही स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको छ ।

मंगलबार पनि देशका पहाडी भूभागमा आंशिकरुपमा बदली हुने र चट्याङसहित सामान्य वर्षा हुने महाशाखाको पूर्वानुमान छ । मंगलबार कर्णाली, गण्डकी र प्रदेश १ सँगै बागमतीमा पनि पानी पर्नेछ । बुधबार पनि पहाडी भू(भागहरुमा आंशिक बदली भई मेघगर्ज र चट्टयाङ्ग सहित हल्का पानी पर्ने अनुमान गरिएको छ। कर्णाली प्रदेश, प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू(भागका मेघगर्जनरचट्टयाङ्गरहावाहुरीसहित पानी पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले सचेत पनि गराएको छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal