म्यानमारको प्रदर्शन हिंसात्मक हुँदै, एकैदिन ३८ जना प्रदर्शनकारीको ज्यान गयो

२०७७ चैत्र २ गते, सोमबार

चैत्र २, काठमाडौं । म्यानमारमा सेनाको ुकूु को विरोधमा भइरहेको विरोध प्रदर्शन हिंसात्मक हुँदै गएको छ । म्यानमारको मुख्य सहर यङ्गुनमा हिंसात्मक झडप हुँदा २१ जना प्रदर्शनकारीको ज्यान गएको छ । तर अभियान्ताले भने अन्य ठाउँमा समेत गरी झडपमा ३८ जना प्रदर्शनकारीको ज्यान गएको बताएका छन् ।

सुरक्षाफौजले प्रदर्शनकारीमाथि गोली चलाएका र प्रदर्शनकारीले पनि चक्कु र लाठी प्रहार गरेका बीबीसीले जनाएको छ । गएको फेब्रुअरी एक तारिखमा प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलगायतका नेताहरुलाई हिरासतमा लिँदै सेनाले सत्ता हातमा लिएपछि म्यानमारमा विरोध प्रदर्शन भइरहेको छ । विरोध प्रदर्शनका क्रममा अहिलेसम्म १२० जनाभन्दा धेरैको ज्यान गएको छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal