प्रिमियर लिगमा शेफिल्डसँगको खेलमा लेस्टर सिटीको सानदार जित

२०७७ चैत्र २ गते, सोमबार

चैत्र २, काठमाडौं । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटीले सानदार जित निकालेको छ । लेस्टरले शेफिल्ड युनाइटेडलाई ५(० गोल अन्तरले पराजित गर्यो । लेस्टरका लागि केलिची इहिनाचोले ह्याट्रिक गरे । उनले खेलको ३९ औँ, ६९ औँ र ७८ औँ मिनेटमा गोल गरे । यस्तै, आयोजे पेरेजले एक गोल गरे ।

शेफिल्ड युनाइटेडले आत्मघाती गोल गर्दै लेस्टर सिटीलाई एक गोल उपहार दियो । जितसँगै लेस्टरको २९ खेलबाट ५६ अङ्क भएको छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडको २९ खेलमा ५७ अङ्क छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal