लाभांश पारित गर्न सांग्रिला डेभलपमेन्ट बैंकले डाक्यो साधारण सभा

२०७७ चैत्र २ गते, सोमबार

चैत्र २, काठमाडौं ।सांग्रीला डेभलपमेन्ट बैंक लिमिटेड (SADBL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ।बैंकको साधारण सभा चैत्र २३ गते, सोमबार लैनचौर ब्याङ्क्वेटमा बिहान १० हुने भएको छ । सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

उक्त साधारण सभामा बैंकको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डाहरू सभामा छलफल गरी पारित गरिनेछ ।

साधारण सभा प्रयोजनार्थ बैंकले चैत १० गतेदेखि २३ गतेसम्म बुकक्लोज गर्ने भएको छ। यस अनुसार चैत ९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउनुका साथै बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal