एमाले अध्यक्ष ओली र नेता नेपाल बीचको भेटवार्ता निष्कर्षविहीन, जुटेन सहमति

२०७७ चैत्र २ गते, सोमबार

चैत्र २, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको भेटवार्ता सकिएको छ । ओली र नेपालबीच पार्टी कार्यालय धुम्बाराहीमा छलफल भएको थियो । अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाल पक्षबीच भएको छलफलपछि सञ्चारकर्मीसँग बोल्दै नेपालपक्षीय नेता रावलले प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीसँग भएको छलफलमा कुनै सहमति नबनेको बताएका छन् ।

बैठकपछि बाहिरिएका नेता रावलले भने, ‘२८ गते गरिएको भनिएको निर्णयमा हामी सहमत भएनौं। त्यो निर्णय पार्टी विधानअनुसार छैन भन्दा अर्को पक्षले स्वीकारेको सुन्न पाएनौं। कुरा मिलेन।’ उनले पार्टीका सबै निर्णय साझा रूपमा विधानअनुसार हुनु पर्ने बताए। २८ गतेको केन्द्रीय कमिटीका बैठकका निर्णय रद्द भए भने मिलेर अगाडि बढ्न सकिने उनको भनाइ छ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal