नेपाली काँग्रेस अनुकूल अवस्था भए सरकारको नेतृत्व गर्न तयार छ : डा महत

२०७७ चैत्र २ गते, सोमबार

चैत्र २, काठमाडौं । नेपाली काँग्रेसका सह महामन्त्री डा प्रकाशशरण महतले काँग्रेस सरकारको नेतृत्व गर्न तयार रहेको बताएका छन्। प्रेस युनियन कैलालीले सोमबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता महतले आफूहरूको मूल लक्ष्य आमनिर्वाचन भए पनि अबको अल्पकालीन अवस्थामा संसद्को अङ्क गणितको अवस्था हेरेर अगाडि बढ्ने र अनुकूल अवस्था भए काँग्रेस सरकारमा जान पनि सक्ने बताएका हुन।

‘नेपाली काँग्रेसको मूल लक्ष्य आमनिर्वाचन हो,’ नेता महतले भने, ‘अबको अल्पकालीन अवस्थामा सरकारको नेतृत्व गर्न पनि काँग्रेस तयार छ।काँग्रेस अझै पनि केही समय हेर र पर्खको अवस्थामा रहको बताउँदै नेता महतले अन्य पार्टीको नेतृत्वमा काँग्रेस सरकारमा नजाने दाबी गरे।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal