नेपाल र ओली पक्षबीचको छलफल सकारात्मक : रघुजी पन्त
२०७७ चैत्र २ गते, सोमबार

चैत्र २, काठमाडौं । नेकपा (एमाले)का प्रधानमन्त्री केपी शर्मा ओली र अर्का नेता माधवकुमार नेपाल पक्षबीच भएको छलफल सकारात्मक भएको छ । सोमबार पार्टी कार्यालय धुम्बाराहीमा भएको दुई पक्षबीचको छफफलमा दुवैले एकअर्काको अडान राखेको नेपाल पक्षीय नेता रघुजी पन्तले बताए।
आफूहरूले फागुन २८ गते बालुवाटारमा बसेको केन्द्रीय कमिटीको बैठकको निर्णय मान्य नहुने जानकारी गराएको उनको भनाइ छ । पन्तले पार्टीको बैठक पार्टी कार्यालयमा गर्नुपर्ने, सबैलाई नबोलाइ गरिएको केन्द्रीय कमिटी बैठकका निर्णयहरू मान्य नहुने विषयमा आफ्ना अडानहरू राखेको बताए । नेता पन्तले दुवै पक्षले आ–आफ्ना कुरा राखे पनि नेकपा एमालेलाई सुदृढ बनाएर लैजाने पक्षमा दुवै पक्ष सहमत भएको बताए।