अरुको बुई चढेर नेपाली कांग्रेस सत्तामा जाँदैन : पौडेल
२०७७ चैत्र २ गते, सोमबार

चैत्र २, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेस अरूको बुई चढेर सत्तामा जान नहुने बताएका छन। पर्वतको कुश्मा बजारमा सोमबार प्रेस युनियनले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता पौडेलले अहिलेको अवस्थामा कांग्रेसलाई सत्तामा जानुभन्दा व्यवस्थाको रक्षा गर्नु प्रमुख चुनौती रहेको बताए।
पौडेलले अहिलेको अवस्थामा संविधान र संसदमाथि हुने हमलाको सामना गर्नु कांग्रेसको मुख्य दायित्व भएको बताए। पौडेलले कांग्रेस दोस्रो दल भएकाले प्रधानमन्त्रीविरुद्ध आफूहरूले अविश्वासको प्रस्ताव नलैजाने तर अन्य दलले लगेमा साथ दिने प्रष्ट पारे।