सूर्योदय लघुवित्तले गर्यो प्रस्ताव लाभांश

२०७७ चैत्र २ गते, सोमबार

चैत २, काठमाडौं । सूर्योदय लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ । कम्पनीको चैत १ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा कुल १६ दशमलव १६ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । कुल लाभांशमध्ये १५ दशमलव ३५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ८१ प्रतिशत नगद लाभंश रहनेछ । नेपाल राष्ट्र बैंकको स्वीकृती पश्चात कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि उक्त लाभांश वितरण हुनेछ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal