नेप्से परिसूचक घट्ने क्रम रोकिएन, आज सोमबार पनि पहिरो, कारोबार रकम पनि सुस्तायो

२०७७ चैत्र २ गते, सोमबार

चैत्र २, काठमाडौं । गत सातादेखिको निरन्तर घटेको नेप्से परिसूचक सोमवार पनि घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको दोस्रो दिन आज (सोमबार) दोहोरो अंकको गिरावट आएको हो। आज नेप्से १८.०७ अंकले घटेर दुई हजार तीन सय ८९ दशमलब १९ विन्दुमा थामिएको छ । आइतवार ५१ अंकले घटेर २ हजार ४०७ दशमलव २६ विन्दुमा बन्द भएको बजार सोमवार २ हजार ४१८ दशमलव ५१ विन्दुदेखि खुला भएको हो । यो दिन २ हजार ३८० दशमलव ५३ विन्दुसम्म झरेको बजार २ हजार ४३२ दशमलव १८ विन्दुसम्म पुगेको थियो । उता, ठूला कम्पनीहरुको मात्र कारोबार मापक सेन्सेटिभ इन्डेक्स भने १ दशमलव १७ प्रतिशत अर्थात् ५ दशमलव शून्य ७ अंक घटेर ४३० दशमलव शून्य ५ विन्दुमा झरेको छ ।

नेप्सेका अनुसार आज ४ अर्ब २४ करोड ८४ लाख बराबरको कारोबार भएको छ । कुल कारोबारमा सर्वाधिक हिस्सा यो दिन नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ओगटेको छ । उक्त कम्पनीकोे रू ४३ करोड ६२ लाख २१ हजार बराबरको शेयर कारोबार भएको हो ।
आज कारोबार भएका सबै समूहमध्ये पाँच वटा समूह बढेका छन् भने अन्य सबै समूह घटेका छन् । बजार घटेपनि छ आइतबार चार कम्पनीको शेयरमूल्य उच्च दरमा बढेको छ । चन्द्रागिरी हिल्स लिमिटेड, घलेम्दी हाइड्रोपावर कम्पनी, पञ्चकन्यामाइ हाइड्रोपावर कम्पनी, आँखु खोला जलविद्युत कम्पनीको शेयरमूलय ९ प्रतिशतभन्दा बढीले बृद्धि भएको हो । यस दिन हिमालयन पावर पार्टनरको शेयरमूल्य भने सर्वाधिक ६ दशमलव २५ प्रतिशत घटेको छ ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal