माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक स्थगित, अर्को बैठकको मिति तय भएन

२०७७ चैत्र २ गते, सोमबार

चैत्र २, काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठक आइतबारदेखि सुरु भएको बैठक सोमबार केही बेर बसेर स्थगित भएको हो । अब सरकार निर्माणबारे अन्य दलसँग वार्ता गर्नुपर्ने र नेकपाको विवादमा सर्वोच्चले गरेको फैसलाको पुनरावलोकनमा जानुपर्ने भएकाले बैठक केही दिन नबस्ने नेता नारायणकाजी श्रेष्ठ प्रकाशले बताए । बैठकको अर्को मिति तय भएको छैन ।

2021 Copyrights Reserved @ CNN EXPRESS

Designed & Developed By:Web House Nepal